उम्मेदवारी दिनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं ४, चैत । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिन इच्छुक जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

२०७४ को स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले उम्मेदवारी दिनका लागि पहिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरिएको छ । निर्वाचित वा मनोनीत व्यक्ति उम्मेदवार बन्ने भए मनोनयन दर्ताअघि नै राजीनामा दिइसक्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा भनिएको छ ।

जनप्रतिनिधिल आचारसंहितालाई नमानेको पाइएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिन आग्रह गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार