तपाई गलत नसोच्नुस्

गजल

तपाई गलत नसोच्नुस्, यस्तो कुविचार गर्दैनन्
सबै महिलाले पैसाको लागि मात्र प्यार गर्दैनन् ।

तिमीले झुठ बोल्यौ, भनेर मैले के गुनासो गर्नु
प्राय रक्सी पिएकाले मातेको स्वीकार गर्दैनन् ।

बिहे गरेको थिए सदा खुशी हुनु आशिर्वाद लिँदै,
हाँसीरहेको त उनिहरु हुन् जसले घरबार गर्दैनन् ।

आज रुवाएको छौ भोलि नभएर कुनै दिन रुनुपर्छ,
भगवानले पनि तिमीलाई कृपा लगातार गर्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार