स्थानीय तह निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

काठमाडौं ४, चैत । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगले दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो । आयोगले १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवाररुको सूची प्रकाशन गर्ने गर्ने भएका छन् । भने १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको छ । १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गर्ने समय छुट्याएको छ । उम्मेदवारहरुले आफ्नो नाम फिर्ता गर्न चाहेमा १६ गते तोकिएको छ ।

१६ गते साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ र १७ गते चुनाव चिन्ह प्रदान गर्ने आयोगले तालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार