आमाहरुलाई धनी बनाउँदै मंगलटार

खोटाङ ४, चैत । हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटार वडाले ‘आमा स्वाबलम्बन’ कार्यक्रमलाई व्यापक बनाएको छ ।
बिहीबार मंगलटार वडाले वडाभित्र रहेका आमाहरूलाई बाख्रा, सुँगुर वितरण गरेको छ ।

‘एक आमा, एक बाख्रा तथा बगुर’ भन्ने उदेश्यका साथ एक कार्यक्रम आयोजना गरि ६० जना आमाहरूलाई बाख्रा तथा सुँगुर वितरण गरेको हाे । आमा (महिला) हरु थप आफ्नौ पौरखमा रमाउन र यसले घरको नुन, तेल र भुटुनमात्र नभई आर्थिक रुपमै मजबुत बनाउने उद्धेश्यका साथ यस कार्यक्रम ल्याइएको वडाध्यक्ष रमेश राउतले बताए ।

उनका अनुसार यस अघिदेखि नै वडाले वडाका आमा समुहहरुलाई यहीँ कार्यक्रम अन्तर्गत रहेर बाख्रा तथा सुँगुर वितरण गर्दै आएको छ ।

यस कार्यक्रमले आर्थिक स्थिति बजबुत बनाउनका साथै बाख्रा, सुँगुर पालनका लागि औँधी प्रोत्साहन पनि मिलेको अध्यक्ष राउतको भनाइ छ । ‘अहिलेसम्म वडाले १५० भन्दा बढी आमाहरुलाई बाख्रा तथा सुँगुर वितरण गरिसकेको छ । अझैँ क्रमश रुपमा यस कार्यक्रम अन्तर्गत आमा समूहलाई बाख्रा र सुँगुर वितरण गरिने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार