काठमाडौं ५, चैत । विवादमा आएकाे गायक प्रकाश सपुतकाे पिर गीत युट्यूबबाट हटाएर पुन हालिएको छ ।
शनिवार गायक प्रकाश सपुत नामक युट्यूब च्यानलबाट हटाएर पछि विवादमा आएकाे जनयुद्धमा सहभागी महिलाले याैन व्यावसायमा लागेकाे दृश्य हटाएर पुन हालिएकाे छ ।
युट्यूबमा हालिएको एक हप्तामै निकै रूचाईएकाे गीत पिरमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसायमा लागेकाे दृश्य समेटिएकाे थियाे ।
सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए ।