नेपाल आइडल सिजन–४ को बिजेता भूपेन्द्र थापा मगर

काठमाडौं ६, चैत । नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् ।

शनिबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगरले उपाधि हात पारेका हुन् ।

थापाले उपाधिसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । नेपाल आइडल सिजन–४ मा फस्ट रनरअप नामगेल तामाङ र रञ्जित नेपाली सेकेन्ड रनरअप भएका छन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल आइडल सिजन ४ सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार