महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं ६, फागुन । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टीले लामो समयसम्म नेविसंघको महाधिवेशन नगराएको र विधानअनुसार महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएको हो ।

पार्टीले ३२ बर्ष उमेर हदबन्दी बनाएर विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको नेविसंघका नेताको भनाइ छ । उक्त उमेर हदबन्दी सो को खारेजी माग गरेका छन् । नेविसंघको महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार