अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको फोन, पुगिन् सिआइबीमा

काठमाडौं ६, चैत । क्रिप्टोकरेन्सीको बिज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको देखिएपछि प्रहरीकहाँ सोधबुझका लागि बोलाएका छन् ।

कार्कीको तस्वीर सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सी विज्ञापनमा देखेपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो । कार्कीले आफूले प्रहरीसँग कुरा गर्दे त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन् । उनले भने, ‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ । त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि कार्कीसँग यस विषयमा कुराकानी भएको बताएको छ । गत फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको बिज्ञापनमा अभिनेत्री कार्कीको फोटोमा बिज्ञापन देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार