सुर्खेत ६, चैत । सुर्खेतको वीरेन्द्रनगरमा रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु भएको छ । आइतबार वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा एक बालिकाको मृत्यू भएको हो ।
कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकालाई लागेको थियो । प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय घाइते सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको बताएका छन् ।
रूखको हाँगा खसेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो ।