एमालेले आगामी निर्वाचनमा कुनै पार्टीसँग तालमेल नगर्ने

काठमाडौं ७ चैत । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी निर्वाचनमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

पार्टीको पोलिटब्यूरो बैठक बस्नुअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक भट्टराईले एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएको हो ।

‘आगामी निर्वाचनमा एमाले एक्लै लड्ने र स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । उनले भने, आवश्यकताअनुसार कार्यगत एकता हुन्छ ।

तर, राष्ट्रियस्तरमै हामी कुनै दलसँग तालमेल गर्दैनौँ।’ आज बस्ने एमाले पोलिटब्यूरो बैठकमा आगामी निर्वाचनबारे छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार