चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल आउने

काठमाडौं ७ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल भ्रमणमा आउने भएको छ ।

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी गराएका छन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । भने उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् । त्यसपछि उनी चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार