देशको मुहार फेर्छु भन्नेले आफ्नै मुहार फेरे

गीत

देशको मुहार फेर्छु भन्नेले आफ्नै मुहार फेरे
देशको भाग्य कोर्छु भन्नेले आफ्नै निधार फोरे ।

देश बनाउने सुत्रहरु दियो होला भन्थ्यौँ
आज बन्ला भोली बन्ला भन्र्दै औलाहरु गन्थ्यौँ
यति सुन्दर देशले भिख माग्नु पर्यो
देशको छालामा स्यालको रजाँई भयो ।

आन्दोलनले मान्छेहरु ठुला बडा भए
सहिदहरु सालिक भए अरु सबै मालिक भए
आन्दोलनहरु बालुवामा पानी भयो
भजन गाउँदैमा विकास कासी गयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार