१५ वर्षीया किशोरी बलात्कृत आरोपमा एकजना पक्राउ

पर्सा ९ चैत । पर्सामा १५ वर्षीया किशोरी बलात्कृत आरोपमा एकजना पक्राउ परेका छन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको कोइरीले १५ बर्षीय किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडितको पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार