निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनामा कडाइ

काठमाडौं ९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन आचारसंहिताको पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन् ।

बुधबार निर्वाचन आयोग र नेपाल कानुन समाजद्धरा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा राजनीतिक दलले निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको गर्नुपर्ने बताएको हो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए ।
आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गर्ने व्यवस्था मिलाउन लागेको समेत बताए । लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार