पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना पुष्टि

काठमाडौं ९ चैत । पछिल्लो २४ घण्टामा मुलुकभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हाल कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३६१ पुगेको छ । सोही समयमा मुलुकभर २ सय ६९ जना संक्रमितहरु निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार