पल शाह प्रकरणमा दुर्गेश थापाको बयान

काठमाडौं १०, चैत । अभिनेता पल शाह किशोरी बलात्कार प्रकरणमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् ।

पल शाह प्रकरणमा मुछिएको गायक दुर्गेस थापाले बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् । पिडित किशोरीलाई काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।

२०७८ बैशाख १४ गते राति प्रदिप थापाको घरमा बास बसेको अवस्थामा प्रतिवादी पल शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने आएकोले असार २३ गते अनामनगरमा भेला भएर पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा उल्लेख गरिएको ।

थापाले पीडित किशोरी र अभिनेता पल एउटै समूहमा काम गर्दै आएको उल्लेख गर्दै बाग्लुङको गल्कोटस्थित बिद्यालयको सांस्कृति कार्यक्रममा पनि सँगै सहभागी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार