प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किने

काठमाडौँ १०, चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैत्र १८ देखि २१ गतेसम्म  भारत भ्रमणमा प्रधानमन्त्री देउवा जाने भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । यस अघिपनि भारत भ्रमणको तयारीमा रहेको प्रधानमन्त्री कोरोनाका कारण स्थगित भएको भएको थियो । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार