निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

काठमाडौं १०, चैत । स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे नाम सिफारिस गरिसक्न पार्टी कमिटीहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तभित्र  गरिसक्नपर्ने निर्देशन दिएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्न पनि निर्देशन दिएको बताएका छन् ।
बुधबार र बिहिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ । निर्वाचनका लागि एमालेले उम्मेदवारको छनोट गर्ने मापदण्ड तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार