स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी

काठमाडौं १०, चैत । बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनका लागि निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेका छन् ।

बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी गराएका छन् । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार