काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणमा नेपाल आउने भएका छन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउन लागेका हुन् । वाङ यी नेपाल आएपछि महत्त्वपूर्ण कार्यक्रमह चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपालचीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ ।
उनले नेपालमा रहदा रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र ० का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।