मतपत्र छाप्न ११ कराेडकाे कागज खरिद


काठमाडौं ११, चैत । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयार रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छन् ।
शुक्रबार आयोगले बसेको बैठकमा मतपत्र छपाइका लागि तयारी जनक शिक्षालाई तयारी हुनका लागि पत्राचार गरिएकाे छ ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यही चैत १६ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी रहेकाे छ ।
स्थानीय निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी आयाेगकाे रहेकाे छ । मतपत्रका लागि आवश्यक ११ करोड रुपैयाँको कागज किनेर ल्याउने क्रम जारी रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार