चिनियाँ विदेशमन्त्री वाङ यी भ्रमण सकेर आज स्वदेश फर्किए

काठमाडौं १३, चैत । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किएका छन् ।

वाङ यी तीन दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । उनी चैत ११ बुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका थिए । उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेका थिए ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार