काठमाडौं १३ चैत । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ । सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर संक्रिय संक्रमित संख्या १५५८ जना रेका छन् ।