काठमाडौं १३, चैत । गायिका मिना राईको तुवाचुङ गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका राईको आवाजमा रहेको ‘तुवाचुङ’ गीतको म्यूजिक भिडियो हेल्लो नेपाल टीभी नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा लावाचुङमा भेटर बुङालुङघुम्दै तुवाचुङ पुगेर चोखो माया लाउने कुरा गरेका छन् । भने भिडियोको अन्तिममा गायक गायिका तुवाचुङमा पिरती गासेर फर्किएको दृश्य देखाइएको छ । हलेसी तुवाचुङ नगरपालिका भित्र गरिएको भिडियो छायांकनमा गीतको शब्दले भनेझै तुवाचुङ, बुङालुङ, लावाचुङ लगायतका रमणीय दृश्य देख्न सकिन्छ ।
गीतमा सेरालुङ्छा चाम्लिङको शब्दमा निराजन राईको संगीत रहेको छ गायिका मिना राई र संगीतकार निराजन राईले स्वर भरेका छन् । अभिनय पनि गायिका मिना राई र गायक निराजन राईको रहेको छ ।
यस्तो छ भिडियो ।