राडिपाखी बुन्ने उपकरण पाएपछि स्थानिय मख्ख

जुम्ला १४, चैत । जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ ।
हप्तामा एउटा मात्र राडिपाखी बुन्दै आएका उद्यमीले उपकरण पाएपछि सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको छन् ।

भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ । यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हुँर्दै आएको थियो । एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले भनाई छ ।

गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भनाई छ ।
त्यस ठाउँका आम्दानीको स्रोत भेडापालन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार