स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

रोल्पा १४, चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् ।

सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताएका हुन् । १२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।

रोल्पाले माओवादी युद्धको मात्र नभइ विकासको पनि नेतृत्व गरिरहेको बताए । आन्दोलनको समयमा अफ्ठ्यारो पर्दा आफू रोल्पा आउने गरेको बताउँदै १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्न रोल्पाबाट नै गएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार