कमेडी च्याम्पियन विजेता हिमेश पन्त फिल्म खेल्दै

काठमाडौंं १५, चैत । कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म खेल्ने भएका छनु । उनी नेपाली चलचित्र ‘वरवधु’ नामक फिल्ममा अभिनयमा डेब्यु गर्न लागेका हुन् । मिलन चाम्सले निर्देशन गर्न लागेको ‘वरवधु’ फिल्ममा हिमेशसँग अभिनयको बिषयमा सम्झौता भएको सामाजिक संजालबाट जानकारी गरएको छन् ।

फिल्ममा पन्त गैरआवासीय नेपाली (एनआरएन) को भूमिकामा देखिने बताइएको छन् । एलआर इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा हिमेशको अलवा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ ।

बैशाखको पहिलो साताबाट रोमानिया र टर्कीमा छायांकन सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार