खाेटाङकाे सदरमुकाममा एमालेलाई जिताएकाेले छिटो विकास आयाे : केपी ओली

खाेटाङ १९, चैत : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले नाकाबन्दीकाे सामना गरेर देशकाे स्वाभिमान उठाएकाे बताएका छन् ।

शनिवार खाेटाङमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै ओलीले नेकपा एमालेकाे सरकारले नाकाबन्दीकाे डटेर सामना गरेर देशकाे स्वाभिमान उठाएकाे बताएका हुन् ।

‘एमालेकाे सरकार हुँदा नाकाबन्दी भयाे तर एमालेले डटेर सामाना गरेकाे छ त्यसपछि एउटा देशमा मात्र निरभर्र हुने हैन विश्वसँग सम्पर्क सम्बन्घ राख्नु पर्छ
ओलीले खाेटाङमा एमालेलाई जिताउन आग्रह गरेका छन् । गत निर्वाचनमा पनि खाेटाङकाे सदरमुकाममा एमालेलाई विजय गराएकाेले नै विकास भएकाे दावी गरेका छन् ।

उनले भने, एमाले गरिव जनताहरूलाई सम्झिने पार्टी हाे एमाले जितेमा शिक्षा, स्वास्थ्य, सडक लगायत अन्य भाैतिक संरचनाहरूकाे गाउँ गाउँमा विकासका कामहरू हुने बताएका छन् ।

आगामी स्थानीय तहको निर्वाचनमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताए । ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै भएको बताए ।

अध्यक्ष ओली दिक्तेलमा आयाेजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बाेधन गर्नु अघि धर्मपत्नीसँग हलेसी महादेवकाे दर्शन गरेर कार्यक्रममा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार