गीत
किराती हुँ, सोझो छु म, हेप्न नखोज
खोला सँग, सभ्यतालाई, जोख्न नखोज
मैले माग्ने, तिमीले दिने, नठाने नि हुन्छ
मुन्धुम सँगै, जाग्न परे, राज्य सत्ता घुम्छ
संघर्षमै, मर्न परे, तीनचुलामा बास
बिबिधतालाई, नमान्दामा, भयो सर्वनास
चित्यु भन्नु, मूलशक्ति हो, पितृ खुशी हुने
ढोलझ्याम्टाको, तालमा उठौँ, बोकी सिमे भूमे
गुल्यो खाने, मोठो बोल्ने, जेरी जस्तै सिधा
किरात प्रदेश, हुन्न भने, धोकेवाजको हुन्छ विदा ।
जय किरात, जयमातृभूमि।।