लागु औषधसहित दुई जना पक्राउ

सिरहा २०, चैत । सिरहामा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् ।

लागु औषधसहित लहान नगरपालिका २३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनी पक्राउ रहेका छन् । सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । अन्य २ जना लागुऔषध कारोबारी भने फरार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार