बतास समूहले चलाइरहेको पशुपति धर्मशाला खाली गर्न सार्वजनिक सूचना

काठमाडौं २१ चैत । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ ।

पशुपति धर्मशाला भवनमा सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ गते बतास समूहले सञ्चालन गरेको धर्मशाला भवनमा होटल आनन्द प्रा.ली.सँग भएको सम्झौतालाई भंग गर्ने निर्णय गरेको थियो ।

कोषको पत्र बतास समूहले बुझ्न मानेको थिएन तर सोमबार सार्वजनिक प्रकाशित गरेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार