जसपाको चुनावी घोषणापत्र तयार हुँदै, प्राथमिकतामा के के परे ?

काठमाडौं २२, चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) स्थानीय तहको चुनावी घोषणापत्र तयारीमा लागेका छन् । चुनावी घोषणापत्र तयारीमा जसपा कार्यकारिणी सदस्य नवराज सुवेदीको नेतृत्वमा तयारीमा जुटेको हो ।

चुनावी घोषणापत्र तयारीमा जुटेका जसपाले एक हप्ताभित्र घोषणापत्र सार्वजनिक भएका छन् । यस पटकको घोषणापत्रमा रोजगारलाई प्राथमिकतामा राखेको बताउँदै नेता सुवेदीले स्थानीय तहमा रोजगार कसरी सृजना गर्ने त्यसमा जोड दिएको बताए ।

स्थानीय सरकार कसरी सञ्चालन गर्ने, विगतका अनुभवले के भन्छ त्यसलाई विश्लेषण गर्दै सरकार सञ्चालन विधिको बारेमा पनि घोषणापत्रमा चर्चा गर्ने उनले बताए । यसअघि स्थानीय सरकार र प्रदेश सरकारको बीचमा समन्वयको अभाव देखिएको थियो । यी दुई सरकारको बीचमा कसरी समन्वय गराउने भन्ने कुरालाई पनि विशेष जोड दिने उनले बताए ।

त्यसका साथै भौतिक पूर्वाधार विकास कसरी गर्ने, पार्टीको के योजना छ लगायतका विषय पनि घोषणापत्रमा समेटिने र शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकतामा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार