उद्योगीहरुले आफ्नो विरोध गरेको, अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ

काठमाडौं २३ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताएका हुन् ।

उनले भने , ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । कुनै–कुनै ठाउँमा कुनै–कुनै दिन पिक आवर र प्रसारण लाइनमा समस्या हुँदा एक/दुई घण्टा विजुली काटिन्छ । बाँकी कही कतै लोडसेडिङ छैन ।’ त्यस्तै घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निशाना साँधेको बताएका छन् ।

निजी क्षेत्रले विजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्ण रुपमा राजनीतिक कुरा मात्रै भएको बताए । त्यस्तै उनले उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार