मुक्तिनाथमा दर्शनार्थीको चहलपहल

गण्डकी २३, चैत । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढेको छ ।

कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या बढेको हो ।

विशेषतः प्रत्येक वर्षको सोह्र श्राद्धका समयका साथै चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको हो ।

यस समयमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको छ । यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको सङ्ख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका छन् ।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयसमेतमा दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको अवस्थामा झण्डै दुई वर्षसम्म कोरोना कहरका कारण यो ठाउँ सुनसान बनेको थियो । कोरोना कहरकाबीचमा सङ्क्रमणको जोखिमीलाई दृष्टिगत गरी पूजाआजामा समेत रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार