आमा समूहलाई एक लाखको दरले बीउ पूँजी प्रदान

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका भित्र गठित आमा समूहहरूलाई बीउ पूँजी वापत एक लाखको दरले रकम उपलब्ध गराएका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा कार्यविधि तयार गरी सञ्चालन ल्याएको आमा समुह लक्षित बिउ पूँजी घुम्तीकोष कार्यक्रम अन्तर्गत बुधबार २० आमा समुहहरुलाई एक लाखको दरले उपमेयर विमला राईले चेक हस्तान्तरण गरेको हो ।

बिउ पूँजी पाउनेमा समावेशी महिला आमा समुह, रसिलो खोला, सयपत्री, मखमली, गतिशील, माली पखेरा, मिलिजुली, मखमली, सारथी, महिला एकता बाख्रा पालन, भिमसेन थान, लालीगुँरास, नवज्योती, अजम्बरी, संकला मंकला, बज्रकाली सर्जिना, मखमली, पिपल गाछी र सरस्वती आमा समुह रहेका छन् ।

यो कार्यक्रमको मुख्य उदेश्य आमाहरूलाई आत्मानिर्भर र आर्थिक उन्नतिसँग जोड्ने रहेको छ । आ.व.२०७७–०७८ बाट सुरू गरिएको आमा समूह लक्षित बिउ पूँजी घुम्तीकोष कार्यक्रम अन्तर्गत गत बर्ष पनि १५ आमा समुहहरूलाई नगरपालिकाले बीउ पूँजी उपलब्ध गराएका थिए । हाल उक्त समुहहरूले राम्रो काम गरेर देखाएको महिला तथा बालबालिका शाखाका प्रमुख इरन राईले बताए । उनले भने, सोही कार्यक्रमलाई निरन्तरता दिदै आ.व. २०७८–०७९ अन्तर्गत यस पटक पनि नगरपालिकाले २० आमा समुहहरूलाई बिउ पूँजी उपलब्ध गराएको हो ।

कार्यक्रममा उपमेयर विमला तिलुङ राईले आमा  समूहलाई चेक हस्तान्तरण गर्दै ।

समाज परिस्थितिले एउटा महिलाको जीवनकालमा सानो छँदा बुवाको अन्डरमा हुदै क्रमश श्रीमान, छोरा हुँदै नातीसम्मको अन्डरमा बस्नुपर्ने बाध्यता रहेको उपमेयर राईले बताएकी छिन् । महिला आमा आफैमा सृष्टी, शक्ति भएपनि विभिन्न समस्याहहरूले झेलेर पिडित रहँदै आएको बताएकी छन् । उनले भने, त्यहि समस्याहरूको पहिचान गरेर महिला आमाहरूलाई आत्म निर्भर आर्थिक उन्नतीका लागि व्यावसायीक हिसावमा जोड्न आमाहरूलाई दिगो बलियो बनाउन बीउ पूँजी कार्यक्रम ल्याएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले विगत देखि नै महिला आमा लक्षित कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार