केपी ओलीद्धारा हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रि–धार्मिकस्थल हलेसी मन्दिर र मारतिका गुम्बालाई दुई÷दुई लाख भेटी बापत रकम दिएका छन् ।

खोटाङ दिक्तेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका बेला अध्यक्ष ओलीले हलेसी मन्दिर दर्शन र मारतिका गुम्बा अवलोकन गरेपछि भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई/दुई लाख दान गर्ने घोषणा गरेका थिए ।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गरेका हुन । एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाएको रकम हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार