पह शाह प्रकरण :  ‘पीडित’ नाबालिगले फेरिन बयान

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दा हालेकी पीडित नाबालिगले बयान फेरेकी छिन् ।
आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् ।
नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताएका हुन् ।
पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले भने–‘पीडित होस्टाइल भएकी छिन्, बकपत्रमा हस्ताक्षर भइसकेको छ ।’
बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार