पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोल ४ रुपैयाँ घटेर आयो

काठमाडौं ५, बैशाखा । पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची भारतबाट आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ । यसअघि अप्रिल १ मा भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाललाई पठाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार