मेयर रेणु दाहालले दिइन् राजीनामा

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उपमेयर ठकुरीले उनको राजीनामा स्वीकृत गरेकी छन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि मेयर दाहालले राजीनामा दिएकी हुन् । सत्तारुढ गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार