आज काँग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं ११, बैशाख । गगन थापाको नेतृत्वमा तयार भएको नेपाली काँग्रेसको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले स्थानीय निकाय निर्वाचन एजेण्डास्वरुप घोषणापत्र सार्वजनिक गर्ने भएको हो । काँग्रेसले जनाए अनुसार आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र तयार गर्ने नेतृत्व काँग्रेसले महामन्त्री गगन थापालाई दिइएको थियो । उक्त घोषणापत्र आज लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक हुन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार