उम्मेदवारी दर्ता गर्दा लाग्ने कागजात र धरौटी रकम

काठमाडौं ११, बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज आइतबारबाट देशैभर उम्मेदवारी दर्ता भइरहेको छ ।

उम्मेदवारी दर्ता भोली सोमबारसम्म गर्न सकिने निवार्चन आयोगले मितितय गरेको छ । उम्मेदवारी दिनेको हकमा धरौटी बापत क्रमश वडा सदस्य पदमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । उम्मेदवारी दर्ता गराउँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता भएको प्रमाण देखाउनु पर्ने आयोगले जनाएको छ ।

धरौटी बापतको रकममा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार