काँग्रेसबाट हलेसीको मेयरमा राई, उपमेयरमा राउत

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी टुङ्गो लगाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसले नगर प्रमुखमा बिमला तिलुङ राई र उप-प्रमुखमा रमेश राउतको उम्मेदवारी टुङ्गो लगाएको हो ।

मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार कांग्रेसले आफ्नो उम्मेदवारीको टुङ्गो लगाएसँगै पालिकाभित्र रहेका ११ वटा वडाका उम्मेदवारहरूसहित निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका हुन् ।

नगर प्रमुखका उम्मेदवार राई गत चुनावमा हलेसी तुवाचुङ नगरपालिकाको निर्वाचित उप-प्रमुख हुन् भने उप-प्रमुखका उम्मेदवार सोही पालिका अन्तर्गत रहेको वडा नं. ६ मंगलटारका निर्वाचित वडा अध्यक्ष हुन् ।

वडातर्फ अध्यक्षका उम्मेदवारहरू क्रमश: वडा नं. १ बाहुनीडाँडा रूद्र राई, वडा नं.२ डिकुवा देवेन्द्र राई, वडा नं. ३ च्यास्मिटार भुपाल राई, वडा नं. ४ बडहरे किशोर बस्नेत, वडा नं.५ दुर्छिम रूपेन्द्र राई, वडा नं. ६ मंगलटार लिलाबहादुर बस्नेत, वडा नं. ७ हलेसी कमल गिरी, वडा नं. ८ धितुङ टेकराज राई, वडा नं. ९ सल्ले काशीराज राई, वडा नं. १० अर्खौले ज्ञानबहादुर पुरी, वडा नं. ११ राजापानी प्रकाश राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार