हलेसीमा जसपाकाे उम्मेदवारी दर्ता

खाेटाङ । जनता समाजवादी पार्टी (जसपा)ले हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जसपाले उम्मेदवारी टुङ्गो लगाएर हलेसी तुवाचुङ नगरपालिकामा मेयरमा अन्जिल राई र नगरपालिका अन्तर्गत रहेको वडाकाे उम्मेदवारहरूकाे निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेको हो ।

जसपाले नगर प्रमुखका लागि कुनै पार्टीसँग गठबन्धन नगरेपनि वडाका केही ठाउँमा गठबन्धन गरेर उम्मेदवारी दिएका छन् वडा नं. ७ हलेसीमा माओवादी केन्द्रसँग गठबन्धन गरेर वडा सदस्यमा दुर्गा राईले उम्मेदवारी दिएका छन् ।

वडा नं. ८ धितुङमा एमाले, माओवादी, जसपा तीनवटा पार्टीले गठबन्धन गर्दा जसपालाई अध्यक्ष र एमाले, माओवादीलाई २/२ सदस्य परेको धितुङबाट अध्यक्षमा राजेश राईले उम्मेदवारी दिएका छन् ।

वडा नं. ५ दुर्छिम अध्यक्षमा दयाराम राई वडा नं. १० अर्खौलेबाट अध्यक्षमा गन्धमान राईले उम्मेदवारी दिएका छन् भने यी दुईवटा वडामा कुनै पार्टीसँग गठबन्धन नभएको जसपाका नगर अध्यक्ष मविन्द्र चाम्लिङले जानकारी गराएका छन् ।

खोटाङको अर्को नगरपालिका रूपाकोट मझुवागढी नगरपालिकामा भने मेयरमा सूर्य राईले उम्मेदवारी दिएका छन् त्यहाँ पनि कुनै पार्टीसँग गठबन्धन गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार