चर्चित कलाकार भुवन केसी, स्वेता खड्का लगायतका कलाकारहरु कांग्रेसमा प्रवेश

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायतका सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार