कलाकार सन्दिप क्षेत्रीले मागे रेनु दाहाललाई भोट

काठमाडौं। अहिले चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनको भव्य कार्यक्रम भइरहेको छ । कार्यक्रममा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुमात्र छैनन् कलाकारहरु पनि सहभागी छन् । कार्यक्रम हेर्न कयौँ मानिसहरु उपस्थित भएका छन् ।

कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्रीले दर्शकको ध्यान आफूसँगै भरतपुरका मेयरका प्रत्यासी रेनु दाहालतिर तानेका थिए । उनले ख्यालठट्टा गर्दै आफू अर्कै कार्यक्रममा आएको तर, रेनु दिदीको कार्यक्रम छ भन्ने थाहा पाएपछि आउन मन लागेर आएको भने ।

‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ, दिदीको कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ–आउ लाग्यो,’ उनले भने । तर उनले आफू कुनै पार्टीको नभएको पनि बताए ।

कलाकार सन्दिपले कार्यक्रममा आउनुअघि आमाले मेयरमा छँदा रेनुले राम्रो काम गरेको भन्दै गएर त्यसबारे बोल्न सुझाव दिएपछि आफू कार्यक्रममा आएको उनले भने । आमाले नै राम्रो काम गर्नेको पक्षमा बोल्दा केही फरक नपर्ने भनेपछि आफू कार्यक्रममा आएको उनले बताए।

उनले भने, ‘म आजसम्म कुनै पनि पार्टीको साधरण सदस्यसम्म नभएको मान्छे हो । यो कार्यक्रममा आउनुभन्दा अगाडि एक पटक मेरो आमालाई फोन गरेर सोधेँ–दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो–पार्टीको लागि होइन, तैलेँ देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छे, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’

कलाकार क्षेत्रीले रेनुलाई अग्रिम जितका लागि शुभकामना पनि दिए । ‘मेरो पित्रीको आसिस लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहान्छु । तर, यो भन्दा भन्दै फेरि भन्छु– म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार