जसपाले पैसा लिएर अन्य दलसँग तालमेल गरेको भनी गलत अफवाह फैलाउने प्रति गम्भीर ध्यानाकर्षण (प्रेस विज्ञाप्ति सहित)

खोटाङ । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचन, २०७९ मा कुनै दलसँग गठबन्धन नगरेको उल्लेख गरेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जसपा हलेसी तुवाचुङ नगर समितिले कुनै पार्टीसँग गठबन्धन नगरी चुनावमा सहभागी भएको प्रेस विज्ञाप्तिमा उल्लेख गरेको हो ।

हलेसी तुवाचुङ नगारपालिका ८ मा जसपाको अध्यक्ष पदमा स्वीकार गर्ने र अन्तर दलका २/२ सदस्य दिएर स्थानीय नेतृत्वको सहजतामा तालमेल गरी एकअर्कामा सहयोग गर्ने सहमति भएको भएपनि अन्यमा जसपाले कुनै दलसँग आधिकारीक गठबन्धन वा गुपचुप चुनावी तालमेल नगरेको प्रष्ट पारेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको स्थानीय तह निर्वाचनको मत पोलिङ हेर्दा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच गुपचुप गठबन्धन भएको विज्ञप्तिमा उल्लेख छ । यी दलहरूले सबै पदको उम्मेदवारी उठाएपनि भोट लगाउँदा गुपचुप गठबन्धनमा भएको सहमतिको आधारमा उम्मेदवार छानेर भोट लगाएको उल्लेख गरिएको छ ।

हलेसी तुवाचुङका केही वामपन्थी र नेपाली कांग्रेसका कार्यकर्ताहरूले जसपाले पैसा लियो भन्ने निराधार र कपोलकल्पित अफवाह फैलाएर जसपाको जनमत घटाउने अनैतिक कार्य गरेर जसपाको नैतिकतामाथि दाग लगाउने कोसिस गरेको भन्दै जसपाले त्यसमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमाण पुष्टि भएमा सम्बन्धितलाई कारबाही गर्ने चेतावनीसमेत जसपाले दिएको छ ।

जसपाको प्रेस विज्ञाप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार