भरतपुरमा दाहालको अग्रता कायमै

भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएका छन् ।

दाहालले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेका छन् । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना भई रहेको छ ।

भरतपुरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेको छ । अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार