मेयर राईले पदभार ग्रहणसँगै अशक्त नागरिकलाई गरे निःशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका निर्वाचित मेयर बिमला राईले आज पदभार ग्रहण गरेकी छन् ।
राईले सोमबार पदभार ग्रहण गरेसँगै शारीरिक रुपमा अशक्त भएकाहरू एकल नागरिक र अभिभावक बिहिन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरका छन् ।

एकल महिला, एकल पुरुष, विधुवा, विधुर, ‘ख, ग र घ’ बर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका हुन्।

निःशुल्क स्वास्थ्य बीमा कार्ड पाउनेमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका अपांगता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिधुर दर्जीमान परियारले निःशुल्क बीमा कार्ड हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य बीमा बार्षिक रुपमा नवीकरण गर्न न्यूनतम ३ हजार ५०० लाग्ने भएपनि शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बीमाको नवीकरण नगरपालिकाले नै व्यवस्था गरिदिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार