काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : निर्वाचित प्रमुख साह

काठमाडौँ । महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएको छ ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएको हो । “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”

सभागृहबाट सुरु भएको र्याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहँुदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चावाहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हँुदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार