भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल दुर्घटनामा घाइते

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् ।

मेयर दाहाल चढेको गाडी जावलाखेलस्थित स्टाफ कलेज अगाडि रहेको पोलमा ठोक्किएर दुर्घटना भएको हो । हाल उनीको ललितपुरस्थित रहेको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ तर उनी खतरामुक्त रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार